Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

म्याग्दीमा नातेदारद्वारा महिलाको हत्या, अभियुक्त पक्राउ

  •   २ वर्ष अघि | ३ भदौ २०८१, सोमवार

म्याग्दी । मालिका गाउँपालिका-३ डाँडागाउँमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। गएराति ३५ वर्षीय दलवीर श्रीपालीले ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 


प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले आरोपी दलवीरलाई खतेन गाउँबाट राति नै पक्राउ गरेको छ। घटनास्थलमा बन्चरो, दाउ, र हँसिया फेला परेका छन्, जसले हत्या भएको पुष्टि गर्छ। 


वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार दलवीर र बिनाकुमारीबीच नाताले दिदीभाइ पर्ने भए पनि केही समयअघिदेखि जग्गा किनबेचको विवाद चलिरहेको थियो। हाल प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

  • Jigyasa media

थप