Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पुटिनको भनाइ: 'युद्धविरामको प्रस्ताव सकारात्मक, तर चुनौतीपूर्ण'

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८१, बिहिबार

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका प्रस्तावित ३० दिने युद्धविरामप्रति सहमति जनाएका छन्। तर उनले यसको कार्यान्वयन चुनौतीपूर्ण हुने बताएका छन्।

बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्कोसँग क्रेमलिनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम दीर्घकालीन शान्तितर्फ उन्मुख हुनुपर्ने बताए।

'हामी युद्धविरामको अवधारणासँग सहमत छौँ, तर यो शान्ति स्थापनासम्म पुग्ने सुनिश्चित गर्नुपर्छ,' उनले भने।

उनले कुर्स्क क्षेत्रमा रुसी सेनाले युक्रेनी फौजलाई पराजित गरेको घटनाको चर्चा गर्दै युद्धविरामका सर्तहरू प्रष्ट पार्न आवश्यक रहेको बताए।

'युक्रेनका लागि यो ३० दिने युद्धविराम आत्मसमर्पण वा अन्य विकल्प विचार गर्ने अवसर हुन सक्छ,' उनले थपे।

तर पुटिनले युद्धविराम उल्लंघनको निगरानी कसरी हुने भन्ने विषय अझै स्पष्ट नभएको उल्लेख गरे।

'२ हजार किलोमिटर लामो युद्धरेखामा युद्धविराम उल्लंघन भएमा त्यसको निर्धारण कसले गर्ने? यी सबै पक्ष सूक्ष्म अध्ययन गर्न आवश्यक छ,' उनले भने।

उनले युद्धविरामको प्रस्ताव सकारात्मक रहेको र यसबारे थप छलफल आवश्यक रहेको बताए।


  • Jigyasa media

थप