Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

नेपाल प्रहरीले १.४ किलो कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

काठमाडौं ।नेपाल प्रहरीले अवैध रूपमा १ किलो ४०० ग्राम कोकिन कारोबारको आरोपमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तान्जेनियाका जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी सार्वजनिक गरेको हो।


प्रहरीले काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमा अब्दुल्ला मजीको झोलाबाट ८० क्याप्सुल कोकिन बरामद गरेको छ। जुमा उक्त कोकिन भारतीय नागरिक के जुचोबेनीलाई बिक्री गर्ने क्रममा पक्राउ गरिएको हो। 


लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख रुपैयाँ रहेको छ। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिएका छन्।

  • Jigyasa media

थप