Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कास्कीको सगरमाथा एग्रो प्याकेजिङ स्टोरमा उपभोक्ता स्वास्थ्यसँग खेलवाड, एक लाख रुपैयाँ जरिवाना

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलाई लक्षित गरी गरेको बजार अनुगमनको क्रममा पोखरा महानगरपालिका-५ स्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ। बुधबार गरिएको यो कारबाहीसँगै म्याद गुज्रिएका र लेबल नभएका सामग्री पनि जफत गरी नष्ट गरिएको छ।

अनुगमनका क्रममा रु ५५ हजार आठ सय ९२ बराबरका सामग्री जफत गरिएको थियो। जफत गरिएका सामग्रीमा १६ केजी अलैँची, १९ केजी चक्रचिप्स, ८ केजी पिप्ला, ४ बट्टा मेथीपत्ता, १ केजी पास्ता, १६ केजी ओखर र ५ केजी अन्य मसला रहेका थिए। 

बजार अनुगमन समितिका संयोजक तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार, सो स्टोरले मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएको थियो। समितिले स्टोर सञ्चालकलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, “उपभोक्ताहरूबाट गुनासो आएपछि हामीले अनुगमन गरेका हौँ। उपभोक्ता संरक्षण ऐनको उल्लङ्घन गरेको पाइएकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेका छौँ।” 

यसैगरी, अन्यत्रबाट ल्याई प्याकेजिङ गरिएको सोयाबिन मस्यौरा प्रयोगशाला परीक्षणका लागि खाद्य नियन्त्रण तथा गुणस्तर कार्यालयमा पठाइएको छ। स्टोरका सञ्चालक अशोक जैसवाल, जो भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत-२ का स्थायी बासिन्दा हुन्,लाई उपभोक्तामाथि खेलवाड नगर्न चेतावनी दिइएको छ।

बजार अनुगमन टोलीमा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रतिनिधि, जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ता मञ्चका सदस्य र सञ्चारकर्मीको सहभागिता रहेको थियो। चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी, र उपभोक्ता हकहितविरुद्धका कार्यहरू रोक्न पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ। महानगरले विभिन्न मासु पसल र दूध डेरीहरूमा पनि अनुगमन बढाएको छ।

  • Jigyasa media

थप