Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बदली भएको मौसम : यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, काठमाडौं । हाल पश्चिमी वायूको प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

हाल कोशी प्रदेशका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम सफा छ। तराईका केही क्षेत्र हुस्सु लागेको अवस्थामा रहेका छन्।

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ। मौसम परिवर्तनले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


  • Jigyasa media

थप