Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

रोशी गाउँपालिकाको वार्षिक प्रगति समीक्षा: समृद्धि र विकासको दिशामा अगाडि

  •   २ वर्ष अघि | २५ साउन २०८१, शुक्रबार

काभ्रे । जिल्लाको रोशी गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ का क्रियाकलापहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार, गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विषयगत शाखाहरू र वडा कार्यालयहरूले आफ्नो प्रगति विवरण प्रस्तुत गरे। 


कार्यक्रममा अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्षको एकतामा जोड दिँदै भने, "गाउँपालिकाले मात्र केही गर्न सक्दैन, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, र समाजसेवी सबै एक भएर लाग्नुपर्छ। सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने छ।" लामाले शाखा र वडाहरुलाई कार्ययोजना तयार गरेर कार्यसम्पादनमा लाग्न पनि अनुरोध गरे।


गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले संघ र प्रदेश सरकारले वित्तीय हस्तान्तरणको सिलिङ अनुसार रकम नदिएका कारण योजना अनुसारको प्रगति हासिल गर्न कठिन भएको बताए। उनले संघ र प्रदेशबाट बजेट उपलब्ध भएको भए लगभग १०० प्रतिशत प्रगति सम्भव हुने धारणा राखे।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले रोशीको दृष्टि पर्यटन र कृषि भएकाले दीर्घकालीन योजनाहरू बनाएर काम गर्न निर्देशन दिए। उनले आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले ८०.८५ प्रतिशत आर्थिक प्रगति हासिल गरेको र आन्तरिक राजस्व संकलन लक्षभन्दा बढी भएको जानकारी दिए।

विभिन्न वडाध्यक्षहरूले स्रोत साधन र जनताको अपेक्षाबीच तालमेल मिलाउन चुनौती रहेको उल्लेख गर्दै उपभोक्ता समितिहरूलाई प्रशिक्षण दिने आवश्यकता रहेको बताए। 

यस समीक्षा कार्यक्रममा शाखा प्रमुखहरू, वडासचिवहरू, र अन्य अधिकारीहरूले आफ्ना प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाहरूको पनि चर्चा गरे।

  • Jigyasa media

थप