Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सुदूरपश्चिममा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

काठमाडौं, चैत २ – हाल देशमा पश्चिमी वायु र स्थानीय मौसमी प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदा केही स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि खुला रहने अनुमान गरिएको छ।

दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। यी क्षेत्रमा पनि चट्याङसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसम परिवर्तनको असरले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रहगरेको छ।


  • Jigyasa media

थप