काभ्रे, वैशाख ७ आईतबार । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–५ निवासी संखलाल श्रेष्ठका जेठो छोरा देवलाल श्रेष्ठ हालै एक गम्भीर सडक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको छ। उहाँको काठमाडौंस्थित बाँसबारी न्युरो अस्पतालमा जटिल अवस्थामाथि उपचार भईरहेको छ।
दुर्घटनापछि श्रेष्ठलाई भेन्टिलेटर, आइसियु तथा अक्सिजनको सहयोगमा राखेर उपचार गरिँदै आएकोमा हाल स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको र उहाँलाई सामान्य कक्षमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
तर उपचार खर्च दैनिक बढ्दो रहेकाले, परिवारको तर्फबाट सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरिएको छ। सामाजिक सञ्जालमार्फत सुरु गरिएको अभियानमा हालसम्म देश-विदेशमा रहेका सहृदयी मन भएका व्यक्तिहरूले सक्दो सहयोग गर्दै आउनुभएको छ।
देवलालको स्वास्थ्यमा सुधार देखिए पनि पूर्ण निको हुन अझै केही समयको उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। त्यसैले परिवारले पुनः एक पटक साथ, समर्थन र आर्थिक सहयोगको हार्दिक अपिल गरेको छ।
“तपाईंहरूको सानो सहयोग पनि हाम्रो लागि ठूलो आशा र जीवनको भरोसा बन्न सक्छ,” अपिलमा भनिएको छ।
सहयोग गर्न चाहनेका लागि जानकारी:
बैंक खाता: 55506688780 (Siddhartha Bank)
eSewa: 9762268668
सम्पर्क: 9762268668

उपचारमा संलग्न चिकित्सक टोली, श्रेष्ठ परिवार र अभियानमा जुट्ने सम्पूर्णको तर्फबाट सबै सहयोगी मनप्रति आभार व्यक्त गर्दै बाँकी उपचार यात्राका लागि निरन्तर शुभेच्छा सहयोग साथको अपेक्षा गरिएको छ ।
- H