Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा आज हिमपातको सम्भावना

  •   ९ महिना अघि | ४ माघ २०८२, आइतवार

काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यसले चिसो बढ्नुका साथै जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।

त्यसैगरी आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरूले हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दा, यात्री र पर्यटकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप