Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बाढीपहिरो उद्धारका क्रममा नेपाली सेनाका अधिकृतसहित तीनको निधन

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं - केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोको कारण उद्धार कार्यमा खटिएका नेपाली सेनाका एक प्रमुख सेनानीसहित तीन जनाको निधन भएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाहरूको उद्धार गर्न खटिएका प्रमुख सेनानी मिलन केसीको ज्यान गएको हो। यस घटनामा उद्धारको कर्तव्य पालनाको क्रममा उनी शहीद भएका थिए।

यस्तै, दोलखाको बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सुरक्षार्थ खटिएका अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको पनि निधन भएको छ। बाढीपहिरोका कारण उनीहरूको ज्यान गएको सैनिक निर्देशनालयले जानकारी दिएको छ। साथै, एक जना भूपू हवल्दारको पनि मृत्यु भएको पुष्टि गरिएको छ, यद्यपि उनको वतन भने खुलाइएको छैन।

सैनिक निर्देशनालयले बाढीपहिरोका कारण सेनाका केही व्यारेकमा पनि क्षति पुगेको बताएको छ। घटनालगत्तै नेपाली सेना प्रभावित क्षेत्रमा तत्कालै परिचालित भई खोज, उद्धार, र राहत सामग्री वितरण कार्यमा निरन्तर सक्रिय रहेको छ।

बाढीपहिरोबाट विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र तत्काल राहत पुर्याउन सेना सक्रियताका साथ काम गरिरहेको छ।


  • Jigyasa media

थप