Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सोलुखुम्बुको थामेखोलामा बाढी, ७ जनाको उद्धार

  •   २ वर्ष अघि | ३२ साउन २०८१, शुक्रबार

काठमाडौं: सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका-५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको सफल उद्धार गरिएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो। 

हालसम्म मानवीय क्षतिको थप विवरण आउन बाँकी रहेको जनाइएको छ। पाण्डेले भनिन्, "हामी क्षतिको विवरण बुझ्दैछौं।"

थामे गाउँमा पसेको थामेखोलाको बाढीले तीनवटा घर बगाएको छ भने अन्य केही घरहरू उच्च जोखिममा परेका छन्। 

आज दिउँसो आएको बाढीले थामे गाउँमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका व्यक्त गरेको छ।

  • Jigyasanepal

थप