Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आजको मौसम अपडेट: केही प्रदेशमा आंशिक बदली, अन्यत्र सफा

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

काठमाण्डौ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आज आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम खुला रहनेछ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा बादल लाग्न सक्ने भए पनि बाँकी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ। राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ, तर अन्य भू-भागमा मौसम सामान्य रह्नेछ।

यसैबीच, बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्न सक्ने भएकाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा असर पर्न सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। सतर्क रहन समेत अनुरोध गरिएको छ।


  • Jigyasa media

थप