Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

नव क्षितिज साप्ताहिकको रजत यात्रा: २५औं वर्षको उत्सव सुरु

  •   २ वर्ष अघि | २३ फाल्गुन २०८१, शुक्रबार

काभ्रे  । काभ्रेको गौरवशाली पत्रकारिता यात्रामा महत्वपूर्ण पहिचान बनाएको ‘नव क्षितिज साप्ताहिक’ २५औं वर्षमा प्रवेश गरेको छ। असल शासनको पक्षपोषण गर्दै ग्रामीण पत्रकारिताको ध्येयसहित स्थापित यस पत्रिकाले २४ वर्षको पत्रकारिता यात्रा पार गर्दै रजत जयन्ती समारोहको तयारी सुरु गरेको छ।

यही अवसरमा पत्रिकाले रजत लोगो सार्वजनिक गरेको छ। शुक्रबार सम्माननीय सभामुख देवराज घिमिरे र प्रधान सम्पादक नवराज बजगाईंले संयुक्त रूपमा लोगो सार्वजनिक गरे। प्रधान सम्पादक तथा प्रकाशक बजगाईंका अनुसार २५ वर्षे यात्रा र पत्रिकाको ऐतिहासिक योगदानको प्रतिनिधित्व हुने गरी विशेष लोगो तयार गरिएको छ।

रजत जयन्ती समारोह वैशाख ८ गते धुलिखेलमा

पत्रिकाको रजत जयन्ती समारोह आगामी २०८२ वैशाख ८ गते धुलिखेलमा विशेष कार्यक्रमका साथ मनाइने बताइएको छ। यस अवसरमा सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, युवा व्यवसायी राजेन्द्र थापा लगायतले अग्रिम शुभकामना व्यक्त गरेका छन्।

विशेष कार्यक्रम समावेश

रजत जयन्तीको अवसरमा पत्रिकालाई निरन्तर समर्थन गर्ने व्यक्तित्वहरूलाई सम्मान, विशेष रजत गीतको सार्वजनिक, स्मारिका तथा सम्बन्धित पुस्तक विमोचन जस्ता कार्यक्रमहरू समावेश गरिने तय भएको पत्रिकाका सह सम्पादक अरबिन्द्र गौतमले बताए।

स्थानीय पत्रकारिताको प्रेरणादायी यात्रा

नव क्षितिज साप्ताहिकले दुई दशकभन्दा बढी समयदेखि समाजका आवाजहरू उठाउँदै, नीति निर्माताहरूसम्म ग्रामीण जनताको मुद्दा पुर्‍याउँदै, सत्यतथ्य समाचार सम्प्रेषण गर्दै आएको छ। रजत जयन्तीले पत्रिकाको यो गौरवशाली यात्रालाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।


  • Jigyasa media

थप