Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

महोत्तरीको पोखरीमा डुबेर दुई नाबालकको ज्यान गयो

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

महोत्तरी, वैशाख १६। महोत्तरीको मनरा शिसवा नगरपालिकामा डुबेर दुई बालकले ज्यान गुमाएका छन्। स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा दुबै नाबालक डुबेर गम्भीर अवस्थामा पुगेका थिए।

डुब्ने बालकहरूमा मनरा शिसवा नगरपालिका–१ का १० वर्षीय शुभम कुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पथरघाटा लक्ष्मीपट्टी निवासी ९ वर्षीय आयुष कुमार सिंह रहेका छन्। शुभम स्थानीय विकेश सिंहका छोरा हुन् भने आयुष रूपेश सिंहका छोरा हुन्।

दुबै बालकलाई गम्भीर अवस्थामा उद्धार गरी नगर अस्पताल, मनरामा लगिए पनि उपचारकै क्रममा गएराति दुबैको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ।

बालबालिकाको सुरक्षाप्रति अभिभावक र स्थानीय तहको गम्भीर ध्यान नपुगेकोले यस्ता दुःखद घटना बारम्बार दोहोरिइरहेका छन्। पोखरीजस्ता जोखिमयुक्त स्थानमा सतर्कता नअपनाउँदा मासुम ज्यान गुम्नुपरेको यो घटनाले चेतना दिनुपर्ने बेला आएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

  • Jigyasanepal

थप