Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

राक्सिराङमा बोलेरो जिप दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

  •   १२ महिना अघि | २४ बैशाख २०८२, बुधबार

हेटौँडा | २०७९ वैशाख २४, बुधबार । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित अठारेको भीत्री सडकमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले पुष्टि गरेको छ।

खैराङबाट मनहरीतर्फ जाँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बिहान ८:१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा उद्धार टोली खटिएको थियो। स्थानीयको सहयोगमा सबै घाइतेलाई उद्दार गरी मनहरी अस्पतालमा भर्ना गरिएको छ।

गम्भीर घाइतेहरू

– १६ वर्षीय हिमाल बस्नेत – टाउकोमा गम्भीर चोट

– ३५ वर्षीय बुद्धिमान घलान – टाउको र शरीरमा चोट

– ७५ वर्षीय डिलबहादुर घलान – शरीरका विभिन्न भागमा चोट

– ७० वर्षीया फुलमाया घलान – गम्भीर चोट

– ३८ वर्षीय रुप बहादुर राउत – टाउकोमा चोट

– ४८ वर्षीय दीपक खड्का – टाउको र शरीरमा चोट

मध्यम घाइते

– ५० वर्षीय सूर्य अधिकारी – हातमा चोट

– १४ वर्षीय कुमार तामाङ – टाउकोमा चोट

सामान्य घाइते

– २८ वर्षीय सुजन तामाङ – हातखुट्टामा सामान्य चोट

दुर्घटनाको कारण खुल्न बाँकी

दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहे पनि तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

  • Jigyasanepal

थप