Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

काभ्रेमा बसोबास गरिरहेका ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौं फर्काइए

  •   १२ महिना अघि | २४ बैशाख २०८२, बुधबार

जिज्ञासा संवाददाता, वैशाख २४, काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुमा अस्थायी रूपमा बसेका ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौं फिर्ता पठाइएको छ।

धुलिखेलमा केही दिनअघि मात्र पुगेका उनीहरूलाई प्रहरी र स्थानीय जनप्रतिनिधिको समन्वयमा पुनः काठमाडौं फर्काइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार, ती शरणार्थीहरू काठमाडौंबाटै आइपुगेका थिए र कपन क्षेत्रमै फर्काइएका हुन्।

स्थानीयको चासो र प्रशासनको सक्रियता

स्थानिय जनप्रतिनिधि मोहनप्रसाद लामिछाने, सुरक्षाकर्मी र समुदायबीचको छलफलपछि उनीहरूलाई फर्काउने निर्णय गरिएको थियो। प्रशासनले यस्ता संवेदनशील विषयहरूमा स्थानीयको सुरक्षाचेत र सामाजिक स्थायित्वलाई प्राथमिकता दिँदै संयमित कदम चालेको देखिन्छ।

यसअघि पनि प्रयास असफल

यो पहिलो घटना होइन। वि.सं. २०७६ माघमा पनौती–३ कुशादेवीमा १० परिवारका ३४ रोहिङ्ग्या शरणार्थीले बसोबासका लागि टहरा बनाउँदै गर्दा स्थानियको अवरोधका कारण लसुनटार फर्कनु परेको थियो।

काठमाडौंमा ४०० हाराहारी शरणार्थी

हाल काठमाडौंबाट फर्काइएका रोहिङ्ग्या शरणार्थीहरू बूढानीलकण्ठ नगरपालिका–११ कपनको लसुनटार र राममन्दिर आसपास बस्दै आएका छन्। अनुमान अनुसार त्यहाँ झन्डै १४ रोपनी क्षेत्रफलमा करिब ४०० जना शरणार्थीको बसोबास छ।

राष्ट्रिय सुरक्षा र व्यवस्थापनको चुनौती

नागरिकता नभएका, सीमित कागजातमा बाँचिरहेका रोहिङ्ग्या शरणार्थीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। शरणार्थीको आवतजावत र पुनःस्थापनासम्बन्धी स्पष्ट नीति नहुँदा स्थानीय तहमा दबाब र असहज स्थिति सिर्जना हुन थालेको देखिन्छ।

  • Jigyasanepal

थप