Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

देशभर तापक्रममा गिरावट, पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

काठमाडौं, कात्तिक २ — हाल देशभर पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ भने कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा स्थानीय वायुको पनि असर देखिएको छ, जसले गर्दा तापक्रममा क्रमिक गिरावट आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौं उपत्यकामा हालको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ, र दिनभर अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।

देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया मौसम सफा रहने भए पनि, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागले आज बिहानको बुलेटिनमा दिउँसो र राति यी क्षेत्रहरूमा आंशिक बदली हुने र केही स्थानहरूमा हल्का वर्षा हुने चेतावनी जारी गरेको छ। यसबाहेक, बाँकी भूभागमा मौसम सफा रहनेछ।


  • Jigyasa media

थप