Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

त्रिवि: आगामी वर्षदेखि स्नातक तहमा प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका सबै संकायहरूका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको छ। यो व्यवस्था वार्षिक परीक्षा प्रणाली अन्तर्गत लागू हुनेछ।

त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकले यो निर्णय गरेको हो। निर्णयअनुसार, प्रथम वर्षको परीक्षा सुरु हुँदै क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा पनि यो प्रावधान अनिवार्य रूपमा लागू हुनेछ।

सुरुवाती चरणमा शिक्षा, मानविकी, व्यवस्थापन र कानून संकायका स्नातक तहका प्रश्नहरू अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने व्यवस्था गरिने त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ।


  • Jigyasa media

थप