Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको सनाखत

  •   १ वर्ष अघि | ३१ बैशाख २०८२, बुधबार

 ३१, २०८२ | पोखरा । पोखराको लामेआहालमा मंगलबार दिउँसो भएको दुःखद माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको सनाखत गरिएको छ। साथै, दुर्घटनामा घाइते भएका आठ यात्रुको परिचय पनि खुलेको छ।

काठमाडौँबाट पोखरतर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस अनियन्त्रित भई करिब ३५ मिटर तल खेतमा खस्दा दुर्घटना भएको हो।

मृत्यु हुनेहरूको विवरण यसप्रकार छः

झाङमाया गुरुङ (५१ वर्षीया), कास्की हेम्जा

तिलकुमारी आचार्य (४५ वर्षीया), धादिङको ज्वालामुखी गाउँपालिका–५

आगम गुरुङ (१५ वर्षीय), नीलकण्ठ नगरपालिका–२, धादिङ

घाइते यात्रुहरू

1. रमेश प्रसाद ढुंगाना (४६), पोखरा म.न.पा–१४

2. पार्वती ढुंगाना (४५), श्रीमानसँगै यात्रा गरिरहेकी

3. राजकुमार परियार (२४), नीलकण्ठ–४, धादिङ

4. सानुबाबु गुरुङ (३२), पोखरा–२५

5. राजु मगर (३५), नीलकण्ठ–१३, धादिङ

6. आइतसिंह गुरुङ (२७), पोखरा–२५

7. सुदीप गुरुङ (१९), नीलकण्ठ–१३

8. अनुप गुरुङ (१९), नीलकण्ठ–१३

तीन घाइते डिस्चार्ज

पोखरा महानगरपालिका–२५ का आइतसिंह गुरुङ, नीलकण्ठ–१३ का सुदीप गुरुङ र अनुप गुरुङलाई उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनाको कारण र अवस्था

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार माइक्रो अत्यधिक तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदै खेतमा खसेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की का अनुसार गाडीमा चालकसहित जम्मा ११ जना सवार थिए।

  • Jigyasanepal

थप