Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सप्तरीमा भीषण आगलागी, १२ घरगोठ जलेर नष्ट, ४५ लाखभन्दा बढी क्षति

  •   ५ महिना अघि | २७ बैशाख २०८३, आइतवार

जनकपुरधाम, वैशाख २७ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा ६ परिवारका १२ वटा घरगोठ जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार स्थानीय रामअवतार यादव को गाईगोठमा बालिएको घुर (धुरो) बाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रातिको समयमा अचानक आगो फैलिएपछि बस्ती नै त्रसित बनेको थियो।

आगलागीमा रामअवतार यादवका दुई घर र एउटा गाईगोठ जलेर नष्ट भएको छ। त्यस्तै छिमेकी जुगाइ यादव का दुई घर र एउटा गोठ तथा अनिल यादव का दुई घर र एउटा गोठ पूर्ण रूपमा जलेका छन्।

यसैगरी योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादव का एक–एक घरसमेत आगोले नष्ट गरेको स्थानीय रामनाथ यादव ले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरी का अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका तथा मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराज बाट बारुणयन्त्र परिचालन गरिएको थियो। स्थानीय बासिन्दाको सक्रिय सहयोगपछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीपछि प्रभावित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य बनेका छन्। स्थानीयवासीले पीडित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

  • Jigyasanepal

थप