Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना

  •   २ महिना अघि | २० साउन २०८३, बुधबार

काठमाडौं, साउन २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा गोकर्णेश्वर नगरपालिका–४, गोकर्णस्थित हरि एन्ड लक्ष्मण इन्टरप्राइजेज लाई रु. २० हजार जरिवाना गरेको छ।

विभागका अनुसार अनुगमनका क्रममा खरिद–बिक्रीसम्बन्धी बिल बिजक तथा आवश्यक अभिलेख नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको हो।

त्यसैगरी, मध्यपुर ठिमीस्थित जयसवाल ग्यास र बागबजारस्थित पोखरेली ग्यास सप्लायर्स लाई वितरण गरिएको खाना पकाउने ग्यासको व्यवस्थित अभिलेख राख्न तथा समानुपातिक रूपमा ग्यास वितरण गर्न निर्देशन दिइएको छ। कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि गतिविधि नगर्न पनि विभागले सचेत गराएको छ।

मंगलबार काठमाडौं उपत्यकाका ११ वटा व्यावसायिक फर्म मा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान, भ्याट, नवीकरण, बिल बिजक तथा अन्य कानुनी कागजात अद्यावधिक राख्न विभागले निर्देशन दिएको छ।

साथै, मालसामान खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक प्रयोग गर्न, लेबलयुक्त वस्तुको मात्रै कारोबार गर्न तथा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गरी व्यवसाय सञ्चालन गर्न विभागले व्यवसायीलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप