Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज १० जिल्लामा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह

  •   ३ महिना अघि | २४ असार २०८३, बुधबार

काठमाडौं। देशका विभिन्न भागमा वर्षासँगै नदी तथा खोलाहरूको बहाव बढ्ने सम्भावना रहेकाले आज (बुधबार) कम्तीमा १० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी र डडेल्धुरा तथा आसपासका क्षेत्रबाट बग्ने साना नदी र खोलाहरूको जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।


महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्र, होचा भूभाग तथा बाढीको जोखिम रहेका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षासँगै साना खोला र नदीमा अचानक बहाव बढ्न सक्ने भएकाले नदी तर्ने, माछा मार्ने तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ।

मनसुन सक्रिय रहेकाले आगामी केही दिन मौसमको अवस्थाबारे नियमित जानकारी लिन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप