Breaking News
मेरो मन खुसीले उफ्रन्छ    ||     आज राति पनि देशभर बदली, यी क्षेत्रमा वर्षाको सम्भावना    ||     मनसुन सक्रिय : आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी    ||     सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||    

काभ्रे बस दुर्घटना अपडेट : ८ मृतकमध्ये ६ जनाको सनाखत, २ जनाको पहिचान खुल्न बाँकी

नेपाली सेनाका अमल्दारसहित ६ जनाको पहिचान खुल्यो, १६ घाइतेको उपचार जारी

  •   २ महिना अघि | ३० जेष्ठ २०८३, शनिबार

काभ्रे, जेठ ३० — काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको भीषण बस दुर्घटनामा ज्यान गुमाएका ८ जनामध्ये ६ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एक महिला र एक पुरुषको पहिचान अझै खुल्न सकेको छैन।

मृतकको सनाखत हुनेमा त्रिनेत्र दल गण भकुण्डेबेँसीमा कार्यरत नेपाली सेनाका अमल्दार तथा दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारी, रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, ३४ वर्षीया फुलमाया तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ तथा सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ की २२ वर्षीया सुमि तामाङ रहेका छन्।

प्रहरीका अनुसार सुमि तामाङको सनाखत उनका पति निराजन घिसिङ ले गरेका हुन्। अझै करिब ६० वर्ष उमेरका एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बनेपाबाट रोशी गाउँपालिका–६ सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको वास्तविक कारण पहिचान गरी प्रतिवेदन पेश गर्न तथा घाइतेहरूको प्रभावकारी उपचार र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख छ।

उक्त दुर्घटनाले समग्र काभ्रे जिल्ला शोकमा डुबेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप