Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

आईपीएलमा धमाका: अभिषेक शर्माको तुफानी शतकसहित हैदराबादको शानदार जित, पन्जाब ८ विकेटले पराजित

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

चैत्र ३१, २०८१, आइतबार | काठमाडौँ ।शनिबार राति सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

२४६ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको हैदराबादका लागि अभिषेक शर्माले अद्भुत ब्याटिङ प्रदर्शन गरे। उनले मात्र ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रनको विस्फोटक इनिङ खेले। उनलाई अर्शदीप सिंहले आउट गरे पनि त्यो बेलासम्म हैदराबाद सहज जीतको बाटोमा अघि बढिसकेको थियो।

१८.३ ओभरमै लक्ष्य भेट्दै हैदराबादले पन्जाबमाथि ८ विकेटको प्रभावशाली जित हात पार्‍यो।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले पनि उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रन बनाएको थियो। श्रेयस अय्यरको अर्धशतक र मार्कस स्टोइनिसको आक्रामक ब्याटिङ पन्जाबको पारीको आधार रह्यो। यो स्कोर पन्जाबको आईपीएल इतिहासको दोस्रो उच्च योगफल पनि हो।

बलिङतर्फ हैदराबादका हर्षल पटेलले ४ विकेट लिएर विपक्षी ब्याट्सम्यानहरूलाई दबाबमा राख्न सफल भए। इशान मालिङाले २ विकेट लिएर उनलाई साथ दिए।

अभिषेक शर्माको ऐतिहासिक प्रदर्शनले हैदराबादलाई न केवल जित दिलायो, बरु आगामी खेलमा मनोबलसमेत उच्च बनाएको छ। यता, पन्जाबका लागि भने बलिङतर्फ पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ।

  • Jigyasa media

थप