Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

महिला यु–१९ विश्वकप एसिया छनोट: नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै सुखद सुरुआत

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

२०८१ कार्तिक २१, काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित द सेभेन क्रिकेट रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल खडा गरेको थियो। कप्तान पूजा महतोले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाएर टिमलाई सशक्त स्थिति दिलाएकी थिइन्। सीमाना केसी र सोनी पाख्रिनले पनि समान १९-१९ रनको महत्वपूर्ण योगदान दिए।

१०३ रनको लक्ष्य पछ्याउन उत्रिएको थाइल्यान्डको टिम ११.४ ओभरमै ३५ रनमा सिमित भएको थियो। थाइल्यान्डका अपिसरा सुवान्चोरथीले १३ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि रचनाकुमारी चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट हात पारिन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई–दुई विकेट लिए। करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले पनि एक–एक विकेट लिएर बलिङलाई सशक्त बनाए।

थाइल्यान्डको बलिङमा चारुकन साइमाले दुई र सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन्।

यो प्रतियोगिता यही कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोलीले महिला यु–१९ विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले आफ्नो दोस्रो खेल भोलि (बिहीबार) कुवेतसँग खेल्ने तालिका छ। विश्वकप प्रतियोगिता आगामी वर्ष मलेसियामा आयोजना हुँदैछ।


  • Jigyasa media

थप