Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

नेत्रहीन टी-२० विश्वकपमा नेपालको पहिलो विजय

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

काठमाडौ‍ं – पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले ऐतिहासिक पहिलो जित दर्ता गरेको छ। सोमबार सम्पन्न तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रनको बलियो लक्ष्य प्रस्तुत गर्‍यो। पदम बढाइलाले अविजित ९२ रन बनाए भने नरेश चौधरीले ७२ रनको योगदान दिए।

जवाफमा अफगानिस्तानको टोली २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनमा सीमित भयो। अफगानिस्तानतर्फ अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाए। बलिङतर्फ नेपालका सुनिल मगरले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। भरत थापा, सुनिल क्षेत्री, र अमिश गुरागाईंले समान १-१ विकेट लिए।

यसअघि, नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो। अब, नेपाली टोलीले सेमिफाइनलको सम्भावना जीवित राख्न भोलि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ।

नेपालको पहिलो जितले नेत्रहीन क्रिकेटमा देशको प्रदर्शनप्रति नयाँ आशा र उत्साह थपेको छ।

सम्बन्धित खेल तालिका

अर्को खेल: दक्षिण अफ्रिका विरुद्ध

लक्ष्य: सेमिफाइनल प्रवेश


प्राप्त नतिजा

पहिलो खेल: पराजित (श्रीलंका)

दोस्रो खेल: पराजित (बंगलादेश)

तेस्रो खेल: विजयी (अफगानिस्तान)



  • Jigyasa media

थप