Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

साफ महिला च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको २५ लाख प्रोत्साहन

  •   २ वर्ष अघि | १५ कार्तिक २०८१, बिहिबार

काठमाडौं — साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। बुधबार राति, काठमाडौं महानगरका मेयर बालेन शाहले टिमका खेलाडीहरूलाई औपचारिक रूपमा यो रकम हस्तान्तरण गरे।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो, जसमा २-१ गोलको अन्तरले नेपाल पराजित भयो। मेयर शाहले नेपाली महिला टिमको मेहनत र प्रदर्शनको प्रशंसा गर्दै भविष्यमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

महानगरको यो प्रोत्साहनले महिला खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा थप उर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप