Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

एसिसी महिला एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय महिला टिम श्रीलंकामा

  •   २ वर्ष अघि | २५ असार २०८१, मङ्लबार

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगिसकेको छ । ४ देखि १३ साउनसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ । गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर कपबाट नेपाल एसियन कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो ।

प्रतियोगितामा ८ टोलीको सहभागी छ । २ समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट २–२ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी २ टोलीबीच फाइनल भिडन्त १३ साउनमा हुनेछ ।

महिला एसिया कप टोलीको नेतृत्व नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई दिएको छ । बर्मा कप्तान रहेको टोलीमा अनुभवी खेलाडी एवं पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।

नेपालमा लामो समयको अभ्यासपछि नेपाली महिला टिम कोलम्बो पुगेको हो । नेपालले प्रतियोगितामा पहिलो खेल ४ साउनमा युएईसँग खेल्नेछ । सो खेल श्रीलंकाको डम्बुलामा हुनेछ । नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । सो खेल ८ साउनमा डम्बुलामै हुनेछ ।

नेपालको महिला क्रिकेट टिमले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा सहभागिता जनाएको थियो ।

  • Reporter

थप