Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एनपीएल : लिग चरणको अन्तिम मुकाबिला आज, प्रतिष्ठाका लागि कर्णाली र जनकपुर आमनेसामने

  •   १० महिना अघि | २१ मंसिर २०८२, आइतवार

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज लिग चरणको अन्तिम खेलसहित निर्णायक मोडमा प्रवेश गर्दैछ। दिउँसो ३ः३० बजे हुने अन्तिम भिडन्तमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स एक–अर्कासँग जुझ्दैछन्।

छ–छ खेलबाट समान दुई अंक मात्र जोड्दै दुवै टोली यसैअघि प्रतियोगिताबाट बाहिरिसकेको अवस्था छ। यही कारण आजको खेल उनीहरूका लागि प्रतिष्ठा जोगाउने अन्तिम अवसर बनेको छ। हार–जितले शीर्ष–चौकडीमा असर नराखे पनि गौरव, आत्मसम्मान र समर्थकहरूको मन जित्ने लडाइँ भने पक्कै हुनेछ।

यसअघि नै लिग चरणबाट प्लेअफ तस्वीर स्पष्ट भइसकेको छ।

सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स उत्कृष्ट प्रदर्शनसहित क्वालिफायर–१ मा पुगेका छन्।

अर्को तर्फ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स ले इलिमिनेटर मा स्थान सुरक्षित गरिसकेका छन्।

लिगको अन्तिम खेल आज सम्पन्न भएपछि एनपीएलको प्लेअफ यात्रा अझै चर्किँदै जानेछ। कर्णाली र जनकपुरका लागि भने आजको मन्च आफूले देखाउन नसकेको खेल कौशल प्रकट गर्ने, र समर्थनमा उभिएका दर्शकलाई केही गर्विलो क्षण उपहार दिने अन्तिम मौकाजस्तै हुनेछ ।

  • Jigyasanepal

थप