Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

आज भ्यालेन्टाइन डे: प्रेम, उपहार र गुलाबको सुगन्धमा विश्व रङ्गिँदै

  •   ८ महिना अघि | २ फाल्गुन २०८२, शनिबार

काठमाडौँ | 

फागुन २, २०८२ शनिबार |

आज फेब्रुअरी १४—‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। नेपालसहित विश्वभर प्रेम, स्नेह र आत्मीयता साटासाट गर्दै यो दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाइन डे सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित बन्दै गएको छ, विशेषगरी युवायुवतीबीच यसको लोकप्रियता तीव्र रूपमा बढेको देखिन्छ।

सामाजिक सञ्जालको विस्तारसँगै प्रेम अभिव्यक्त गर्ने शैली पनि परिवर्तन हुँदै गएको छ। आजको दिन प्रेमी–प्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेट, टेडी तथा अन्य उपहार आदान–प्रदान गर्दै आफ्ना भावना व्यक्त गर्ने चलन व्यापक छ। पार्क, रेस्टुरेन्ट, सिनेमा हललगायत मनोरञ्जनस्थलहरूमा प्रेमिल जोडीहरूको चहलपहल उल्लेख्य रूपमा बढ्ने गर्छ।

🌹 चार लाख ५० हजार गुलाबको माग

व्यवसायीका अनुसार यस वर्ष नेपालमा करिब ४ लाख ५० हजार स्टिक गुलाबको माग आएको छ। करिब ५ करोड ६२ लाख रुपैयाँ बराबरको गुलाब खपत हुने अनुमान गरिएको छ। मागको झण्डै ८० प्रतिशत गुलाब भारतबाट आयात हुने गरेको छ। भ्यालेन्टाइन सप्ताह सुरु भएसँगै फूल बजारमा चहलपहल बढेको छ।

 एक सातादेखि उत्सवको माहोल

भ्यालेन्टाइन डे अघि फेब्रुअरी ७ देखि सुरु हुने ‘भ्यालेन्टाइन सप्ताह’ पनि युवापुस्तामा लोकप्रिय बन्दै गएको छ।

रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे र हग डे हुँदै अन्ततः आजको दिन भ्यालेन्टाइन डे मनाइन्छ।

 इतिहाससँग जोडिएको कथा

भ्यालेन्टाइन डे मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ। रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए। त्यसकै कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ।

समयसँगै यो दिवस केवल प्रेमी–प्रेमिकाबीच सीमित नरही परिवार, साथीभाइ र आफन्तबीच पनि स्नेह अभिव्यक्त गर्ने अवसरका रूपमा विस्तार हुँदै गएको छ।

आज प्रेमको भाषा शब्दभन्दा पर गुलाब, मुस्कान र आत्मीयतामा झल्किरहेको छ। 💖 शुभ दिन ।

  • Jigyasanepal

थप