Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

ठमेलमा कविद्धय डा. अधिकारी र चिमौरिया सुनिए

  •   ४ महिना अघि | ४ बैशाख २०८३, शुक्रबार

काठमाडौँ। आमाको मुख हेर्ने औंसीको दिन कवि. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना दश दश थान कविता सुनाए ।

सुनकोशी वाङ्गय प्रतिष्ठानको आयोजनमा ठमेलमा भएको कविता वाचन कार्यक्रममा डा. अनन्त अधिकारीले नयाँ वर्ष, भन बकरा, गनगने लोग्नेको श्रीपेच, काठमाडौँ र काठमाडौंहरु, सर्वाइवल नोट, पाउजु नामको स्वतन्त्रता हुँदैन, बासङ्ग आग्रह, डोर प्रसादको डेरा, उप्रान्त मेरो भगवान लगायतका कविताहरु सुनाए ।

यसैगरी कवि चिमौरियाले आमा, वर्तमानको सारथी म. देश त संघीयतातिर जाँदैछ नि, आउ एउटा पार्टी खोलौं, ओ मेरो छोराकी प्रेमिका, आफन्तले, मैले दिन सकिन, दुखियाको जिन्दगी, म छाँया खोजी रहेछु सुनाइन ।

प्रमख अतिथी कवि, साहित्यकार उषा शेरचनले कविहरुलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताइन । यस्तो व्यस्तताका बीचमा पनि कविमनहरुको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै प्रशंसा गरिन। शेरचनले सुन्दर बिम्बहरुको प्रयोगले कविताहरु बलिया रहेको बताइन ।


यस अघि अग्रज साहित्यकार, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरु सुन्दर रहेको बताए । उनले भने, नयाँ वर्ष र आमालार्य भावनात्मक रुपले प्रस्तुत गरेर युगबोध हुने खालका अन्य कविताहरु साँच्चै सुन्दर छन् ।

देशप्रतिको चिन्ताको प्रकटीकरण भएका छन् । बेथितिप्रति कटाक्ष गर्दै जनताको असन्तुष्टीको भकारीमा अन्न राखेर बढ्‌दै गएजस्तै भरिएको चित्रण गरिएका छन् । उनले भोलीका दिनको चिन्ता र व्यवहारलाई सचेत गराउने गरी कविता आएको बताए 1

अर्का कवि डा. अधिकारीका कविताप्रति टिप्पणी गर्दै रोदनले भने, कविताहरु सकारात्मक आयाममा आएका छन् । मान्छेका मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेको बताए। उनले भने, डा. अधिकारीका कविता मान्छेका विभिन्न भूमिकाप्रति लक्षित छ । देखिएको सबै सत्य नहुन सक्छ भन्ने गहन भावका कविता पनि सुनिएका छन् । काठमाडौँको विशालताभित्रका असँख्य पीडाका कवितापनि आएका छन् । उनले डा. अधिकारीको कवित्व चेत उच्च रहेको बताए ।

लेखनाथ हुमागाईंले आफुले पढाएका विद्यार्थीहरुको साहित्य सिर्जना र सकारात्मक कार्यमा लगनशीलता देखेर मन खुशी भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरे । कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखे ।


अतिथिहरुलाई खादाद्धारा चिवहाल परिवारका राष्ट्रमान तुलाधरले सम्मान गरे । कविद्धयलाई प्रमुख अतिथि शेरचनले माला लगाएर सम्मान गरिन । कार्यक्रम चिवहाल परिवार, गौचर ठमेलको सहकार्यमा सम्पन्न भएको थियो भने इखवर नेट मिडिया पार्टनर रहेको थियो ।

कार्यक्रममा चर्चित कवि, साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • Jigyasanepal

थप