Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

एक भाग्यमानी मुसाफिर ..!

गजल

  •   १ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

✍🏼भरत सापकोटा 

गजल :-


मुटु भक्कानियो,आँखा रसाएर पानी पानी भयो ।

तिमीलाई सम्झिएँ,विगत सम्झिएँ , ग्लानी भयो ।


तिम्रो भावनालाई सधैं कदर गरेको हुँ,गर्नेछु पनि । 

तिमीलाई सधैं शिरमा सजाउने मेरो बानी भयो ।


तिम्रै सम्झनामा गएको रात कटाउने कोशिस गरें

रात बित्न पनि बर्षौं लाग्यो र बल्ल बिहानी भयो ।


सम्बन्ध होस या घर ,बन्नका लागि हो समय लाग्ने 

भत्किन समय लाग्दैन ,एक निमेषमा खरानी भयो ।


गुमाउने मान्छे नै गुमाएँछु भन्ने आभाष भएको छ

लाग्यो अबदेखि यो मुसाफिर फेरि भाग्यमानी भयो ।

  • Jigyasa media

थप