बनेपा। साहित्यकार मुरहरि रायमाझी ‘हरि’को छैटौँ कवितासङ्ग्रह ‘के छैन नेपालमा !’ शनिबार सार्वजनिक भएको छ । डा कृष्ण सुवेदी ‘भारद्वाज मित्र’को प्रमुख आतिथ्यता र प्रलेस काभ्रेको आयोजनामा पुस्तक परिचर्चाकार एवम् विशेष अतिथि सीता सुवेदी, रक्तिम लामा, मच्छेश्वर सापकोटालगायतद्वारा पुस्तक लोकार्पण गरिएको थियो । स्रष्टा विशेषका रुपमा कवि ‘हरि’का पाँच कविता गुञ्जिए ।
सङ्ग्रहमा ५७ थान छन्द कविता समेटिएका छन् । यसै वर्ष रायमाझीको 'गाउँ बिरानो भयो कवितासङ्ग्रह र 'कुशल प्रशासक चन्द्रबहादुर खड्का ' नामक समीक्षाको पुस्तक प्रकाशित छ ।
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका च्याँख्ले गाउँका रायमाझी डेढ दशकदेखि साहित्य लेखनमा सक्रिय छन् ।
-
Jigyasanepal