Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

' चित्रमय चाडपर्वको देश : नेपाल ' लोकार्पित

  •   ८ महिना अघि | ११ मंसिर २०८२, बिहिबार

 काठमाडौं । प्रेममान डंगोलको संस्कृति सम्बन्धि कृति 'चित्रमय चाडपर्वको देश : नेपाल ' लोकार्पित र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

  राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा डा  पुरुषोत्तम लोचन श्रेष्ठ , श्रीओम श्रेष्ठ रोदन, प्रा डा लक्षमण प्रसाद गौतम, शितल गिरी, स्रष्टा लगायतले लोकार्पण गरे।

 कृतिमाथि परिचर्चा गर्दै डा . श्रेष्ठ ले  भने - 'नेपाल मण्डलको संस्कृति विश्वकोष हो । यहि बारेमा नुतन कुराहरु कृतिमा रहेका छन । संस्कृति मरे देश नै मर्छ, तसर्थ प्राचिन संस्कृति बारे जानकारी दिने यो कृति हरेक नेपालीको हातहातमा पुग्नुपर्छ ।'

 अर्का चर्चाकार शितल गिरीले भने - 'नेपाल मण्डल बुझ्नलाइ सहयोग हुने कृति जसमा आनो भाषा,   संस्कृति र चाडपर्वसंग जोडिएका बिभिन्न कुराहरु पुस्तकले जानकारी दिने हुंदा कृति महत्वपुर्ण छ ।'

 कार्यक्रममा बोल्दै अध्यक्ष रोदनले भने -'संस्कृतिलाई सबैसंग जोड्ने यो कृतिले संस्कृति चाडपर्वको परम्परालाई जीवन्त बनाउन पुस्तकले सघाउँछ ।'

 नेपाल स्रष्टा  समाज , केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उकत  कार्यक्रममा कृतिकार डंगोलले लेखकीय  मन्तव्य व्यक्त गरे ।उक्त कार्यक्रमको सन्चालन रन्जना निरौला तथा स्वागत तारा सुबेदीले गरेका थिए ।

  • Jigyasanepal

थप