Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

दक्षिण अमेरिकामा विनाशकारी आँधी: २० जनाको ज्यान गयो, हजारौँ प्रभावित

  •   २ वर्ष अघि | ३ चैत्र २०८१, आइतवार

काठमाण्डौ। 

दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा भीषण आँधीबेहरीले व्यापक क्षति पुर्याएको छ। आँधीका कारण हालसम्म कम्तीमा २० जनाले ज्यान गुमाएका छन्, जसमा मिसौरीका १२ जना रहेका छन्।

बीबीसीका अनुसार, दक्षिण-पूर्वी राज्यहरूमा आँधीले विनाशको ताण्डव मच्चाएको छ। कैयौँ सवारीसाधन क्षतिग्रस्त भएका छन् भने घरहरूमा ठूलो क्षति पुगेको छ। टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन्। यस्तै, ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको ठूलो क्षति भएको खबर छ।

शक्तिशाली आँधीले विद्युत् आपूर्तिमा समेत ठूलाे असर पुर्याएको छ। ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो (स्थानीय समय) ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। प्रभावित क्षेत्रहरूमा टेक्सास, मिसौरी र इलिनोइस प्रमुख रहेका छन्।

मौसमविद्हरूले मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा अझै पनि आँधीको जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्। अलाबामा र अर्कान्सासका केही भागमा बाढीको खतरा बढेकाले सतर्कता अपनाउन भनिएको छ।

राष्ट्रिय मौसम सेवाले अचानक आउने बाढी ज्यानमारा हुन सक्ने भन्दै नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधीका कारण उच्च सतर्कता जारी गरिएको थियो।


  • Jigyasa media

थप