Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आज देशका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

  •   २ वर्ष अघि | २४ कार्तिक २०८१, शनिबार

काठमाडौं, कात्तिक २४ — देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहँदा आज कोशी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी छ।

दिउँसोको समयमा विशेषगरी कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित छिटफुट वर्षाको सम्भावना पनि रहेको छ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। साथै, विशेषगरी कोशी र गण्डकीका पहाडी भूभागमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।


  • Jigyasa media

थप