Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

देशभर अधिकांश भागमा मौसम सफा, केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं । देशभर हाल पश्चिमी र पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भागमा मौसम सफा छ। तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको उल्लेख गरिएको छ।

आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। यी क्षेत्रमा केही ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, राति पनि कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहनेछ।

विभागले आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औंल्याएको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, तथा यातायातमा आंशिक असर पुर्‍याउन सक्ने भन्दै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।


  • Jigyasa media

थप