Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

सिरहा, असोज ९ – सिरहाको औरही गाउँपालिका-३ खजनपुर टोलमा छोराको कुटपिटबाट ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, सोमबार साँझ घरेलु विवादको क्रममा भालेश्वर यादवमाथि उनका छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए। गम्भीर घाइते भएका भालेश्वरलाई प्राथमिक उपचारका लागि सिरहाको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए।

घटनापछि प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ। मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ।

प्रहरीले शैलेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


  • Jigyasa media

थप