Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आज आइतबार यी क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २७ पुस २०८१, शनिबार

काठमाडौं । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

रातिको अवस्थाः

आइतबार राति कोशी, मधेश, र बागमती प्रदेशका पहाडी भूभागमा सामान्य बदली हुने सम्भावना छ। अन्य स्थानमा आंशिक बदलीदेखि सफा मौसम रहनेछ।

बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ भने अन्य हिमाली क्षेत्रका केही स्थानमा पनि हिमपात हुने संकेत छ।

वर्षा र हिमपातका कारण दैनिक जीवनमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।


  • Jigyasa media

थप