Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

शंखमुल हत्या काण्ड: २२ वर्षीय युवक पक्राउ, प्रहरीले हत्या आरोपमा सार्वजनिक गर्‍यो

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या अभियोगमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बाराको सिम्रौनगढ नगरपालिका–७ का एमके कुमारलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार, भदौ १० गते शंखमुलस्थित साईबाबा पार्कमा रहेको लक्ष्मी बान्तवाको घरमा संचालित पुल हाउसमा रुपक बान्तवामाथि कुटपिट गरी घाइते बनाइएको थियो। राति नै उनको मृत्यु भएपछि, एमके कुमार फरार भएको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीले घटनास्थलबाट हत्या गर्ने क्रममा प्रयोग भएको रड, मृतकको चेक, चस्मा, झोला, र लुगासहितका सामग्री बरामद गरेको छ। बानेश्वर प्रहरी वृत्तबाट यसबारे थप अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन्।

  • Jigyasa media

थप