Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दाङमा बोलेरो जिप दुर्घटनाः २ जनाको मृत्यु, ३ जना घाइते

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

बुटवल, कात्तिक १० – दाङको तुलसीपुरमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, दुर्घटनामा २२ वर्षीय हिरामणि बुढा, दंगीशरण गाउँपालिका-४ निवासी, र १९ वर्षीय सुरेश खड्का, कपुरकोट गाउँपालिका-६ निवासीको ज्यान गएको हो।

प्रहरीका अनुसार, बोलेरो जिप (रा १ ज ८२२) राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा करिब साढे तीन बजे दुर्घटनामा परेको थियो। गाडी करिब तीन सय मिटर तल खसेको बताइएको छ।

यस दुर्घटनामा घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-६ निवासी ३१ वर्षीय देवा वली र उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटना भएकोहो।


  • Jigyasa media

थप