Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

धादिङमा बस दुर्घटना: काभ्रेका कार्की सहित आठ जना घाइते !

  •   २ वर्ष अघि | २९ मंसिर २०८१, शनिबार

धादिङ, मंसिर २९ - पृथ्वी राजमार्गको गल्छी गाउँपालिकामा भएको बस दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन्। घाइतेहरुलाई धादिङको बैरेनीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल पठाइएको छ।

लु २ ख ६६७६ नम्बरको बस बुटवलबाट काठमाडौंतर्फ जाँदै गर्दा साँझ करिब ५:४५ मा गल्छी गाउँपालिका–६, सुत्केरी ढुंगाको मोडमा दुर्घटनाग्रस्त भएको हो।

घाइतेहरूको विवरण:

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालका अनुसार, घाइतेहरूमा:

कपिलवस्तुका ४० वर्षीय गोपाल सुनार

३९ वर्षीया अस्मिता आले

५४ वर्षीय जनक गौतम

सुर्खेतका ४२ वर्षीय चित्र बहादुर पाण्डे

काभ्रेका ३१ वर्षीय सुकराम कार्की

५८ वर्षीय विजय कार्की

स्याङ्जाका ५६ वर्षीय नन्दलाल अधिकारी रामेछापका ४२ वर्षीय राजनकुमार दास छन्।


प्रहरीका अनुसार, बस तीव्र गतिमा रहेको र मोड काट्न नसक्दा दुर्घटना भएको अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

यात्रुहरूको सुरक्षाका लागि आवश्यक ट्राफिक नियमको पालना र सवारीसाधनको नियमित जाँचलाई प्राथमिकता दिनुपर्नेमा प्रहरीको जोड छ।यात्रुहरूले लामो दूरीको यात्रा गर्दा सावधानी अपनाउन र सवारीसाधनको गति नियन्त्रणमा राख्न आग्रह गरिएको छ।


  • Jigyasa media

थप