Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

जहाजमा २२ जना बढी यात्रु सवार थिए चालक सहित अवस्था केहीको उद्दार केहीको मृत्यु

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००)  जहाज दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार, जहाज उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। 


दुर्घटनाको कारण विमानमा आगलागी भएको छ र घटनास्थलमा तत्काल अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली परिचालित भएको छ। आगो नियन्त्रणमा ल्याउनका लागि उनीहरू खटिएका छन्। 


दुर्घटनाको पूर्ण विवरण अझै प्राप्त भएको छैन। घटनास्थलमा उद्धार कार्य जारी छ र घाइतेहरुको संख्या तथा क्षतिबारे थप जानकारीको प्रतीक्षा गर्नुहोस्। जहाजमा २२ जना बढी सवार भएको बताइन्छ यद्यपि चालकको जीवितै उद्दार गरिएको छ। 

यात्रीहरूको अवस्था र जहाजमा रहेका अन्य विवरणहरूबारे थप जानकारी प्राप्त हुने बित्तिकै हामी अद्यावधिक गर्नेछौं। 



  • Jigyasa media

थप