Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना: २३ जना घाइते, ब्रेक फेल भएर सडकको पर्खालमा ठोक्कियो

  •   १ वर्ष अघि | ३ साउन २०८२, शनिबार

अर्जुन अधिकारी काभ्रे ।

काभ्रे, साउन ३ ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडकखण्डमा ब्रेक फेल भएर एक यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार रामेछापको डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस आज दिउँसो करिब १२:२० बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–८, पौवा मा आज साउन ३ गते, दिउँसो १२:२० बजे बस नं: बा ३ ख ८४०८ रुट: डोरखानी (रामेछाप) काठमाडौं जाँदै गर्दा प्रारम्भिक अनुमान अनुसार ब्रेक फेल

भएको थियो । उक्त बसमा सवार २३ यात्रु घाइते, धुलिखेल अस्पतालमा उपचार गरिँदै छ । बसमा जम्मा ३२ जना यात्रु सवार थिए।

त्यसमध्ये हालसम्म नाम, थर, वतन खुल्न बाँकी रहेका २३ जना यात्रु घाइते भएका छन्।उनीहरूलाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। बस हालसम्म घटनास्थलमै रहेको र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएको पुष्टि भएको छ।

  • Jigyasanepal

थप