Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्या गरिएको अवस्थामा शव फेला

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेला परेका छन् । टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गए राति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।


उनले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताए । ‘घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ’, प्रहरी उपरीक्षक सिंहले भने, ‘लालगढबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।’


घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।– रासस

  • RSS

थप