Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

वीरगञ्जमा सामाजिक सञ्जालमार्फत अराजकता फैलाउने युवक पक्राउ

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

वीरगञ्ज – सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरी अराजक गतिविधि फैलाएको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ का २१ वर्षीय ओमकुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, पटेलले फेसबुक, टिकटक, ट्वीटर, र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा 'किङ्स अफ पर्सा' नामक खाताबाट अश्लील भाषा प्रयोग गर्दै हातहतियार प्रदर्शन गरेका थिए, जसले समाजमा डर र त्रास फैलाएको थियो।

प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए अनुसार, पटेलले समाजमा द्वन्द्व र असामाजिक गतिविधि उत्पन्न गर्ने खालका गतिविधिमा संलग्न भएकाले उनलाई नियन्त्रणमा लिइएको हो। सार्वजनिक शान्ति भंग गर्ने कसुरमा अनुसन्धान जारी रहेको छ भने यो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप