Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अरिङ्गालको टोकाइले घाइते एक जनाको उपचारका क्रममा मृत्यु

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौँ – बडीमालिका नगरपालिका-५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। असोज २५ गते अरिङ्गालले टोकेर गम्भीर घाइते भएका साउदको भारतको मुम्बईस्थित नायर अस्पतालमा दश दिनपछि मृत्यु भएको हो, उनका आफन्त नरेन्द्र थापाले जानकारी दिएका छन्।

साउदलाई घर नजिकै पान्लोटे भन्ने स्थानमा रहेको भैँसी गोठको छेउमा अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा अरिङ्गालले आक्रमण गरेको थियो। प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालसम्म लगे पनि अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई भारत लगिएको थियो।

उक्त घटनामा सोही ठाउँका ६५ वर्षीय अङ्गे बडुवालको भने घटनास्थलमै मृत्यु भएको थियो।


  • Jigyasa media

थप