Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रौतहटको पोखरीमा डुबेर महिलाको मृत्यु

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

७ असोज, रौतहट। रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुरस्थित पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

सोमबार बिहान जितिया पर्वको तयारीस्वरूप पोखरीमा नुहाउने क्रममा ४५ वर्षीया गिरीजा देवीको पोखरीमा डुबेर निधन भएको हो। मृतक गिरीजा देवी, प्रमोद साह कानुको श्रीमती, अन्य महिलासँगै गाँउको पोखरीमा नुहाउन गएकी थिइन्।

घटनापछि सशस्त्र प्रहरी बलको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरूले तुरुन्तै उद्धार गरे पनि उनलाई गम्भीर अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। तर, अस्पताल पुर्‍याउने क्रममा उनको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए।

जितिया पर्वको परम्पराअनुसार जलाशयमा नुहाउने क्रममा यस्तो दुःखद घटना घट्न पुगेको हो।


  • Jigyasanepal

थप