Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बनेपामा होटल कोठाभित्र युवती मृत फेला

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

काभ्रे । बनेपामा एक युवती होटलको कोठाभित्र मृत फेला परेकी छन्। काभ्रेको बनेपा नगरपालिका-८ स्थित होटल भ्यु एण्ड पाहुना घर को दोस्रो तल्लाको कोठा नं. ११५ मा बनेपा-६, बुडोल निवासी २३ वर्षीया शर्मिला श्रेष्ठ मृत अवस्थामा भेटिएकी हुन्।

मिति २०८१ फागुन १५ गते साँझ करिब ६ बजे उक्त घटना भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रमुख नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

हाल घटनाको प्रकृति, कारण र संलग्नता सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। थप विवरण आउन बाँकी छ।


  • Jigyasa media

थप