Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बाँदर आतङ्क: स्थानीयको माग—सुरक्षाका लागि भरुवा बन्दुकको अनुमति

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

पाल्पा, चैत १२ – बाँदरको आक्रमण र खेती नष्ट गर्ने क्रम बढेपछि पाल्पाका वन उपभोक्ताहरूले सरकारसँग भरुवा बन्दुक राख्न पाउने अनुमति माग गरेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार बाँदरले खेतबारीका अन्नबाली मात्र होइन, घरपालुवा जनावर र बच्चाहरूलाई समेत आक्रमण गर्न थालेका छन्। बगनासकाली गाउँपालिकाकी सरस्वती बस्यालले भने, "गाउँमा पाकेका मकैका घोगा देख्नै छाडियो, फलफूल र तरकारी सबै बाँदर र बँदेलले खाएर नष्ट गरेका छन्।"

डिभिजन वन कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी उपभोक्ताहरूले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने बताएका छन्। उनीहरूले बारीमा पहरा दिएर पनि खेती जोगाउन नसकेको गुनासो गरेका छन्।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार बाँदरको बिगबिगीका कारण गाउँलेहरू घर छोड्न बाध्य छन्। उनले भने, "बाँदरको बथानले घर घेर्दा मानिसहरू नै सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। समस्या समाधानका लागि सरोकारवाला निकायसँग छलफल गरिनेछ।"

स्थानीयहरूले सरकारलाई बाँदर नियन्त्रणका लागि आवश्यक नीति ल्याउन र तत्काल राहतको उपाय खोज्न आग्रह गरेका छन्।


  • RSS

थप